माओवादी अधिवेशन: राप्तिसोनारीका २ वडामध्ये सबैमा सकियो

78

नेपालगन्ज– बाँकेको राप्तिसोनारी गाउँपालिका अन्तर्गतका ९ वटा वडामध्ये, नेकपा माओवादी केन्द्रको शनिबार २ वटा वडाबाहेक अन्य ७ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडा अधिवेशनमा २ नम्बर वडामा अर्जुन केसीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति, ३ नम्बरमा हरी चौधरीको नेतृत्वमा २९ सदस्यीय र ४ नम्बर वडामा मिनराज खड्काको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

त्यस्तै वडा नम्बर ६ मा नरेश यादवको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति, ७ नम्बरमा जितेन्द्र जिसीको नेतृत्वमा २९ सदस्यीय, ८ नम्बरमा लोकबहादुर खत्रीको नेतृत्वमा २९ सदस्यीय र ९ नम्बरमा दलबहादुर खड्काको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

Womui
Womui