एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी हुँदै

180

रुपन्देही– नेकपा एमालेको चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी गराउने तयारी पूरा भएको नेकपा एमालेले जनाएको छ ।

प्रचार समिति लुम्बिनी प्रदेशले बुटवलमा पत्रकार सम्मेलन गर्दै १२ जिल्लाबाट ७५ हजार कार्यकर्ता चितवनमा लैजाने योजना अनुसार सबै जिल्लामा कार्यविभाजन गरिएको छ । एमाले लुम्बिनी प्रदेशका अध्यक्ष एवम् केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य लिला गिरीले रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाबाट पार्टी मजबुतको सन्देश दिन ७५ हजार कार्यकर्ता चितवनमा लैजाने व्यवस्थित योजना बनेको जानकारी दिए ।

त्यसबाहेक जिल्ला जिल्लामा महाधिवेशनको प्रचार प्रसारलाई पनि तीब्रता दिएकाले उनले बताए । एक पालिका एक स्वागत गेटसमेत निर्माण गरेर महाधिवेशनको प्रचार प्रसारलाई अगाडि बढाइएको उनको भनाइ छ । यसपटकको महाधिवेशनमा पर्चा पम्पेल्ट र भित्तेलेखनले प्रचार प्रसार नगरिने भन्दै सम्भव भएका स्थानमा डिजिटल डिप्लेमार्फत पनि प्रचार प्रसार गरिने उनले बताए । एमाले प्रचार विभागका सदस्य डिआर घिमिरेले बुटवलमै महाधिवेशन भएको झल्को दिने गरी बुटवलमा प्रचार प्रसार व्यापक गरिने बताए । बुटवलको चौराहदेखि विपी चोकसम्म मुख्य राजमार्ग क्षेत्रमा डिजिटल डिप्लेमार्फत महाधिवेशनको प्रचार प्रसार गर्ने र बुटवलका प्रत्येक वडामा महाधिवेशन प्रचारका लागि गेट तयार गरिने बताए । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २ सय ८ जना प्रतिनिधि छनोट भइसकेका छन् ।

एमाले रुपन्देही प्रचार विभागका संयोजक मोहन चापागाईले महाधिवेशन लक्षित गरी लुम्बिनी सन्देश नामक बुटेलिन समेत प्रकाशन गर्न लागिएको बताए । महाधिवेशन प्रतिनिधिको विवरणसहित जवज, कम्युनिष्ट आन्दोलन, हालसम्म भएका ९ वटा महाधिवेशनको समीक्षा र १० औं महाधिवेशनले दिन खोजेको सन्देशबारे पनि बुलेटिनमा समेटिने उनले बताए । लुम्बिनीबाट चितवन जाने पत्रकारका लागि आवश्यक संयोजन गर्ने र व्यवस्थित तरिकाले रिपोटिङको वातावरण मिलाउने प्रेस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरीले बताए ।

Womui
Womui