पालिका स्तरीय खुला भलिबल उपाधि लक्ष्मी माविको पोल्टामा

177

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा भएको पालिका स्तरीय महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको उपाधि लक्ष्मी माविले उचालेको छ । गत मंगलबारदेखि सुरु भएको प्रतियोगितामा पुरुष तर्फ लक्ष्मी मावि र महिलातर्फ पनि लक्ष्मी माविनै प्रथम भएको छ ।

त्यस्तै पुरुष तर्फ मुस्कान युवा क्लब बिनौना द्वितीय भएको छ भने महिलातर्फ सरस्वती मावि भवनियापुर द्वितीय भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले जनही ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएका छन् भने द्वितीय हुनेले जनही २८ हजार रुपैयाँ मेडल र प्रमाण पत्र पाएका छन् ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरेको प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता भलिबल खेलको विकास गर्दै खेलाडीहरुको प्रोत्साहन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिकाको सहयोग भुवर भुवानी माध्यमिक विद्यालय बिनौनाको आयोजनामा संचालन भएको हो ।

Womui
Womui