१४ औं महाधिवेशनमा पनि सभापतिमा उठ्छुः पौडेल

53
रामचन्द्र पौडेल ।


नेपालगन्ज– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफू सभापति पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । उनले यसबारे कुराकानी हुन बाँकी नै रहेको उनले उल्लेख गरेका छन् ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि आफू सभापतिकै उम्मेदवार रहेकोले यसपालि पनि सभापति पदमै उठ्ने उनले बताए । ‘म पार्टीभित्र स्वभाविक रूपमा सभापतिको उम्मेदवार हुँ,’ सोमबार बाँकेमा पत्रकारहरूसँग उनले भने, ‘१३ औं महाधिवेशनमा पनि म नै सभापतिको उम्मेदवार थिएँ । यसपालि पनि टिममा छलफल गरेपछि निर्णय हुन्छ । स्वभाविक रूपमा म सभापतिको उम्मेदवार हुँ ।’

टिमभित्र अन्य नेताहरूले पनि सभापति पदमा उठ्ने इच्छा राखे पनि छलफलबाटै एक जना मात्रै उम्मेदवार हुने उनले बताए ।
उनले महाधिवेशन तयारीबारे थप छलफल गर्न आफूले दसैंअगाडि नै केन्द्रीय समिति बैठक राख्न माग गरेको बताए ।
उनले महाधिवेशन समयमै गर्न सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गरिएको पनि बताए ।

Womui
Womui