वडा नम्बर ३ पहिलो बालविवाह मुक्त वडा, के भन्छन् पालिका अध्यक्ष थारु ? (भिडियो)

39

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ राप्तीसोनारी गाउँपालिकाको पहिलो बालविवाह मुक्त वडा बनेको छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष गंगाराम थारुको अध्यक्षता एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्यतामा वडालाई बालविवाह मुक्त घोषणा गरिएको थियो । वडाध्यक्ष थारुले बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि पालिका अध्यक्ष लाहुराम थारुले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरी वडालाई बालविवाह मुक्त घोषणा गरेका थिए ।

घोषणासभामा स्याक नेपालले गरेको सर्वेक्षण प्रतिवेदनमा वडामा पछिल्लो एक वर्षमा ६ प्रतिशत मात्र बालविवाह भएको जानकारी गराइएको थियो । २० प्रतिशत भन्दा कम बालविवाह भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार राप्ती सोनारी ३ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।

थापाले बताए । ‘हामी सबैको प्रतिबद्धता ः बालविवाह बिरुद्धको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ वडा नम्बर ३ लाई बालविवाह मुक्त वडा घोषणा सभा–२०७८ लाई सम्बोधन गर्दै ै प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताउँदै लामो प्रयासपछि राप्ती सोनारीको एउटा वडा बालविवाह मुक्त घोषणा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अन्य वडालाई बालविवाह मुक्त घोषणाका लागि सबैको हातेमालो जरुरी रहेको अध्यक्ष थारुले बताए । उनले केही वडालाई पनि अबको केही महिना भित्र बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको बताउँदै राप्ती सोनारी गाउँपालिकालाई पूर्णरुपमा बालविवाह मुक्त गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राप्ती सोनारी गाउपालिका वडा नं. ३ को विभिन्न टोलका २ सय जनामा गरिएको सर्भेक्षणको आधारमा बालअधिकार संरक्षण समितिको सिफारिसमा सो वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको गाउपालिकाका वडा नं. ३ का वडाध्यक्ष गंगाराम थारुले जानकारी दिए । वडामा गरिएको सर्बेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात सो वडामा १६ दशमलव १२ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Womui
Womui