मन्त्री हमाललाई प्याब्सनको सम्मान

47

नेपालगन्ज– निजी विद्यालयहरुको संस्था प्याब्सन नेपालगन्जले आइतबार लुम्बिनी प्रदेशका वन, वातावरण तथा भुसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई सम्मान गरेको छ । उक्त अवसरमा प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले सम्मान कार्यक्रममा ओलम्पिन एवम् वन मन्त्री हमाललाई निजी विद्यालयले भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराएका थिए ।

मन्त्री हमालले शिक्षा क्षेत्र आफनो कार्यक्षेत्रमा नपरेपनि त्यसका समस्या समाधानका लागि प्रदेश सरकार संसद मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा भएको कार्यक्रममा बाँकेका निजी विद्यालयका अध्यक्ष, प्रिन्सिपल लगायतले मन्त्री हमाललाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका थिए ।

Womui
Womui