सवारी दुर्घटनामा सल्यान र तुल्सीपुरमा २ को मृत्यु

88

नेपालगन्ज–सल्यान र दाङको तुल्सीपुरमा भएको छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी २७ जना भाइते भएका छन् ।
सल्यानको कपुरकोटमा जीप दुर्घटनामा परी जिल्लास्थित बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए ।

आइतबार विहान करिब ८ बजेतिर भे १ च १८९० नम्बरको बोलेरो जिप कपुरकोट–३ स्थित वनस्पति उद्यान नजिकै दुर्घटनामा परेको थियो । सो जिप सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको थियो । सो जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
त्यस्तै दाङको तुलसीपुरस्थित मोतिपुरमा भएको बस दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएकोछ । परियारलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार परियारलाई बसले च्यापेको थियो । जेसिभीको सहयोगमा उद्धार गरी उनलाई अस्पताल पु¥याइएको थियो । घोराहीबाट तुलसीपुर आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरमा बेलुका सवा ५ बजे दुर्घटनामा परेको थियो । मोतिपुरको ओरालोमा बस सडकदेखि तल खस्दा त्यसमा सवार २१ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको तुलसीपुरमै उपचार भइरहेको उपरीक्षक अर्यालले जानकारी दिएका छन् ।

Womui
Womui