राप्तीसोनारी–७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिँदै

54

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाको ७ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणाको तायारी थालिएको छ । कात्तिक ११ गते बालबिवाह मुक्त वडा घोषणा गर्ने गरी तयारी थालिएको हो ।

वडाले बालबिवाह मुक्त वडा घाषणाको लागी विभिन्न चरणका कार्यक्रमहरुलाई तीव्रता दिइएको वडाध्यक्ष रामलखन थारुले बताए । आइतबार राप्ती सोनारी ७ का वडाध्यक्ष एवम् बालअधिकार संयोजक रामलखन थारुको अध्यक्षतामा बैठक बसी वडालाई कात्तिक ११ गते बालबिवाह मुक्त वडा घोषणा गर्ने निर्णय गरिएको छ ।

वडामा प्लान इन्टरनेश्नल र स्याक नेपालको विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल, अन्तरक्रिया सरोकारवाला निकायहरुसँग समन्वय लगायतका कामलाई तीव्र पारेका छन् । स्याक नेपालकी प्रतिनिधि धन कुमारी थारुले वडामा बालविवाह न्यूनिकरणको लागि गाउँगाउँ र टोलटोलमा किशोरी क्लब, बाल संरक्षण समिति, बाल क्लबहरु गठन गरी जनचेतनामूलक कार्यक्रम, सडक नाटक, घर दैलो, पम्पलेट टाँस्ने जस्ता कार्यक्रमहरु संचालन गरिरहेको बताइन् ।

वडाध्यक्ष रामलखन थारुले कात्तिक ११ गते वडालाई बालविवाह मुक्त वडा घोषणा गरी कार्ययोजना अनुसार काम गरिने र गाउँपालिका नमुना वडाको रुपमा विकास गर्ने दाबी गरे । राप्ती सोनारी ७ लाई बालविवाह मुक्त वडा घोषणा गर्न ४ वटा आधारमा अध्ययन गरिएको थियो । नीति र कानुन व्यवस्था अनुसार वडा कार्यालयमा १ वर्षको अवधीमा विवाह दर्ताको तथ्याङ्क, प्रहारी कार्यालयमा बालविवाहविरुद्ध परेका उजुरी र बालविवाहबारे वडाका सबै २४ टोल बस्तीमा गरी १५० घरधुरीमा सर्वेक्षण गरेर बालविवाहबारे सर्वसाधारणको बुझाइ र बालविवाहको उजुरी खोजी गरिरहेको थियो ।

Womui
Womui