डोल्पामा जीप दुर्घटना हुँदा ९ घाइते

35

नेपालगन्ज– सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिका ३ सुँपानीतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुर जिल्ला हैटौडा नगरपालिका ९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, ३८ वर्षीय असोक सारुमगर, ११ बस्ने २२ वर्षीय बुद्दबिर लामा, ४ बस्ने ३९ वर्षीय सुरेश श्रेष्ठ,४ बस्ने ३८ वर्षीय रमेश गौतम १० बस्ने ३६ वर्षीय सुशील राज गिरी ९ बस्ने ३१ वर्षीय जिवन शर्मा ७ बस्ने ३८ वर्षीय किरण अधिकारी र चालक ठूलीभेरी नगरपालिका ९ डोल्पाका २० वर्षीय जुनकोष शाही रहेका छन् ।

भे१ज९७५ नंको बोलेरो जीप ठूलीभेरीनपा ९ स्थित भेत्तिमा स्टेरिङ फेल भई सडकबाट अंदाजी १५ मिटर तलखस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए । घाइतेहरु मध्ये विष्णु श्रेष्ठ असोक सारुमगर र बुद्दबिर लामाको  हात मुख र खुट्टामा गहिरो चाट लाग्नुका साथै उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको र सबैलाई जिल्ला अस्पताल दुनैमा उपचारको लागि लगिएको बताइएको छ । जीप दुर्घटनामा परेर घाइते भई अस्पतालमा उपचार गराइरहेका सबैजना फोक्सुण्डो तालको दृश्यअवलोकनका लागि आएका आन्तरिक पर्यटक रहेको बताइएको छ ।

Womui
Womui