नक्कली डिएसपी/पत्रकार पक्राउ

50
सांकेतिक तस्बिर ।

नेपालगन्ज– सुर्खेतबाट नक्कली डिएसपीको परिचयपत्र देखाएर ठगी गर्ने झापाका निलम भट्टराई पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा जागिर लगाइदिने भन्दै एक महिलाबाट १३ लाख रुपैयाँ ठगी गर्ने भट्टराई वीरेन्द्रनगर रातोपुलबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका भट्टराईको ससुराली दैलेख भएका कारण दसैँको टिका लगाउन जाने क्रममा पक्राउ गर्न सफल भएको जिप्रका सुर्खेतका एसपी पदम विष्टले जानकारी दिएका छन् ।

पक्राउ परेका भट्टराईले आफूलाई कुनै जिल्लामा डिएसपी र कुनै जिल्लामा पत्रकार हुँ भन्दै रकम असुल्ने गरेको एसपी विष्टले जानकारी दिए । एक महिना अघि महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले विभिन्न बहानामा ठगी गर्ने भट्टराई सुर्खेतमा रहेकाले पक्राउ गर्न पत्र पठाएको थियो एसपी विष्टले बताए ।
प्रहरीले उनको साथबाट नक्कली डिएसपी र पत्रकार परिचय–पत्र समेत फेला पारेको छ । जागिर लगाई दिने प्रलोभन दिएर ठगी गरेको धेरै उजुरी रहेको जानकारी मात्रै थाहा पाएकाले थप आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ नै पठाइएको एसपी विष्टले बताए ।

Womui
Womui