आचार्यको ‘मेरो आदर्श, मेरो विश्वास’

258

नेपालगन्ज– राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यको संस्मरणात्मक पुस्तक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ मंगलबार विमोचन गरिएको छ ।
राजनीति, प्राध्यापन र कुटनीतिमा संगालेको आफ्नो लामो अनुभव समेटेर आचार्यले लेखेको पुस्तक लेखक डा. आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र प्राध्यापक गोविन्द प्रसाद घिमिरेले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

विमोचनपछि कायृक्रममा लेखक आचार्यले आफ्नो जीवनका भोगाई, अनुभूति सुनाएका थिए ।
पुस्तकमा आचार्यले पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्लेषण गरेका छन् । वामपन्थी राजनीतिमा आबद्ध रहेका आचार्य विभिन्न राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको अनुभव उनीसँग छ ।
पुस्तकमा नेपाली राजनीतिको दुई धारका नायक वीपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहार समेतलाई प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन् ।

Womui
Womui