वाइसीएल सम्मेलन सम्पन्न, राप्तीसोनारीमा सुनिल

158

नेपालगन्ज– योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम सम्मेलन भेला शुक्रबार सम्पन्न भएको छ । प्रथम सम्मेलनले सुनिल कुमार गिरीको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा केशर रोकाय, धनिराम थारु, सचिवमा खुमराज वली र कोषाध्यक्ष देबेन्द्र बुढा रहेका छन् ।

उक्त भेलामा बोल्दै प्रमुख अतिथि योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका केन्द्रिय सदस्य रतन शाहीले वाईसीएलले यस परिवर्तित अवस्थामा पार्टीले लिएको नीति अनुरुप कार्य गर्नुपर्ने उल्लेख गरे । वाईसीएल पार्टीको दोस्रो ठूलो शक्ति भएको भन्दै उनले यो संगठनले पार्टीलाई हरेक अवस्थामा सहयोग गर्ने बताए ।
कार्यक्रममा बाँके क्षेत्र नं. १ का संघिय सांसद महेश्वर गहतराज अथकले विगतका कमिकमजोरीहरुलाई सच्याएर अब वाईसीएलले नयाँ शिराबाट पार्टीको सहयोगी भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद कृष्ण के.सी. नमुनाले वाईसीएल सधै पार्टीले लिएको नीति विपरीत जान नहुने भन्दै उनले सामाजिक कार्यमा समेत लाग्न आग्रह गरिन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य पट्टु थारु, नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिम बहादुर घर्ती, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश क का इन्चार्ज अमर खड्का राप्ती सोनारीका वडा नं. ५ का वडा अध्यक्ष झगरु थारुलगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui