आइएचआरसीको नवौं वार्षिक साधारण सभा सम्पन्न

67
नेपालगन्ज– सार्वजनिक सवालमा ग्रामीणमुखी अभियान संचालन गर्नुपर्ने सुझाव व्यक्त गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौं वार्षिक साधारण सभाका सहभागिहरुले संस्थाले संचालन गर्ने अभियानलाई गाउस्तरसम्म पु¥याउनु पर्ने जोड दिएका थिए । 
कार्यक्रमका सहभागीहरुले संस्थाले प्राय सार्वजनिक सरोकारका सवालको उठान तथा निरन्तर खबरदारीले कार्यन्वयनमा मद्दत पुगेको भन्दै यस्ता अभियान ग्रामीण क्षेत्रमा संचालन गर्नुपर्ने बताएका थिए । उनीहरुले संस्थाले विभिन्न सवाल उठानका लागि सबैको सहकार्यमा नागरिक नेतृत्व लिई सम्बन्धित सरोकारवालाको ध्यानाकषर्ण गराउने गरेको र सूचनाको हकका क्षेत्रमा काम गर्ने संस्थाको रुपमा पहिचान कमाएको बताएका थिए । 
सभामा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि सल्लाह सुझावसँगै समीक्षा गरिएको थियो । सभामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल बारका पूर्व केन्द्रीय उपाध्यक्ष प्रहलादबहादुर कार्की, गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य सूर्यलाल यादव, अवधी सांस्कृतिक प्रतिष्ठान नेपालगन्जका अध्यक्ष विष्णुलाल कुमाल, सिख्ख समुदायका अगुवा मधईसिंह सिख्ख लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी संस्थाको बन्द सत्रले सभामा प्रस्तुत भएको प्रगति तथा आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । यसैगरी सभामा संस्थाले निर्माण गरेको ५ वटा नयाँ नीति निर्देशिका र आगामी पाँच वर्षे रणनीतिक कार्ययोजना निर्माण गर्नेलाई समेत अनुमोदन गरेको छ । बन्द सत्रले संस्थाले सञ्चालन गरेको कार्यक्रमको समीक्षा, चुनौती र समस्याको व्यवस्थापन र आगामी वर्षको रणनीति निर्माण गरेको छ । 
Womui
Womui