एमाले र राप्रपाका नेताको कांग्रेसमा लर्को

161

नेपालगन्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्राजातन्त्र पार्टी(राप्रपा)का जनप्रितिनिधिलगायतका पार्टीको टिम नेपाली कांग्रेसमा प्रवेश गरेको छ । बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एमाले र राप्रपाबाट वडा सदस्यमा विजय भएका दिनेशराज पन्तसहितको टिम शुक्रबार एक कार्यक्रम बीच नेपाली कांग्रेसमा प्रवेश गरेको हो ।

बाँके नेपाली कांग्रेस जिल्ला सभापति किरण कोइराला, नगर सभापति प्रशान्त विष्ट तथा नेपाली कांग्रेसबाट वडा नम्बर २ विजय वडा अध्यक्ष बुद्धि सागर सुवेदीले वडा सदस्य पन्तलगायतको समूहलाई अबिर र खादा ओढाइ पार्टी प्रवेश गराएका हुन् । विगत लामो समयदेखि राप्रपाको विभिन्न भूमिका रही जिम्मेवारी निर्वाह गर्दै आएका नवप्रवेशी पन्त कांग्रेस पार्टी नेपालीहरुको पार्टी भएको हुँदा आफूहरु यसमा प्रवेश गरेको बताए । नव प्रवेशी वडा सदस्य पन्तले अबका दिनमा नेपाली कांग्रेस पार्टीले खटाएको जुनसुकै भूमिकामा खरो उत्रिने प्रतिबद्धता जनाए ।

वडा नम्बर १२ का बुध सभापति रामु चिडिमारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला सभापति किरण कोइराला, विशिष्ट अतिथिमा नेपालगन्ज उपमहानगरपालिका नेपाली कांग्रेस नगर सभापति प्रशान्त विष्ट, रेडक्रस केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्मा, सदस्य दिनेश राज पन्तलगायतले बोलेका थिए ।

राप्रपाबाट वडा नम्बर १२ का दिनेश राज पन्त सहित रामप्यारी चिडिमार, अनिता चिडिमार, निखिल चिडीमार, राजरानी चिडिमार, नितु चिडिमार, हिरयानी चिडिमार, फुलमती चिडिमार, मनिस चिडिमार, पूजा चिडिमार, मैसरा भुजुवा, तुलसीराम भुजुवा रहेका छन् । यसैगरी एमालेबाट नेपाली कांग्रेस प्रवेश हुनेमा नरविदा चिडिमार, पुजा चिडिमार, सावित्री चिडिमार, लक्ष्मी शाही, गुडीया चिडिमार, सोनी चिडिमार, श्यापती चिडिमार, सिता चिडीमार, वेला चिडिमार, मुन्ही चिडिमार, सारझा पठान, कमली चिडिमार उर्मिला चिडिमार रहेको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको छ ।

त्यस्तै अन्य पार्टीबाट सन्त रेग्मी, प्रशुदिन चिडिमार, गयादिन चिडिमार, शिखा बास्कोटा, आदित्य पन्त, गवर शेष, दिपक पराजुली, सहदिर खा, पप्पु चिडिमारलगायत ५० बढीले पार्टी प्रवेश गरेको नेपाली कांग्रेस नगरसभापति प्रशान्त विष्टले जानकारी दिए । नेपाली कांग्रेस वडा नम्बर १२ का वडा सचिवले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कायकर्ताहरुको उपस्थिति रहेको थियो ।

वडा नम्बर १२ का बुध सभापति रामु चिडिमारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला सभापति किरण कोइराला, विशिष्ट अतिथिमा नेपालगन्ज उपमहानगरपालिका नेपाली कांग्रेस नगर सभापति प्रशान्त विष्ट, रेडक्रस केन्द्रिय उपाध्यक्ष अजित कुमार शर्मा, सदस्य दिनेशराज पन्तलगायतले आआफ्नो धारणा राखेका थिए ।

पार्टी प्रवेश गर्नेमा राष्ट्रिय राप्रपाबाट वडा नम्बर १२ का दिनेश राज पन्त सहित रामप्यारी चिडिमार, अनिता चिडिमार, निखिल चिडीमार, राजरानी चिडिमार, नितु चिडिमार,हिरयानी चिडिमार, फुलमती चिडिमार, मनिष चिडिमार, पूजा चिडिमार, मैसरा भुजुवा, तुलसीराम भुजुवा रहेका छन् भने एमालेबाट नेपाली कांग्रेस प्रवेश हुनेमा नरविदा चिडिमार, पूजा चिडिमार, सावित्री चिडिमार, लक्ष्मी शाही, गुडीया चिडिमार, सोनी चिडिमार, श्यापती चिडिमार, सिता चिडीमार, वेला चिडिमार, मुन्ही चिडिमार, सारझा पठान, कमली चिडिमार उर्मिला चिडिमार रहेनु भएको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको छ । यसैगरी अन्यमा सनत रेग्मी, प्रशुदिन चिडिमार, गयादिन चिडिमार, शिखा बास्कोटा, आदित्य पन्त, गवर शेष, दिपक पराजुली, सहदिर खा, पप्पु चिडिमारलगायत ५० बढीले पार्टी प्रवेश गरेको नेपाली कांग्रेस नगरसभापति प्रशान्त विष्टले जानकारी दिएका छन् । नेपाली कांग्रेस वडा नम्बर १२ का बुध वडा सचिवले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कायकर्ताहरुको उपस्थिति रहेको थियो ।

Womui
Womui