४१ दिन बित्दा पनि भेटिएनन् मनोज

106

नेपालगन्ज– बाँकेको नेपालगन्जबाट एक व्यक्ति हराएको ४१ दिन बिती सक्दा पनि भेटिएका छैनन् । चन्दन्नाथ नगरपालिका वडा नम्बर १० जुम्लाका १८ वर्षीय मनोज महत गत साउन २३ गतेदेखि हराएका हुन् ।

नेपालगन्जस्थित कलेज अफ अलाइड साइन्समा अध्ययनरत महत हाल शान्तिनगर बाँकेमा बस्दै आएका थिए । कलेजको फिस तिर्ने भन्दै बेपत्ता भएका मनोजले घरबाट ५० हजार रुपैयाँ मगाएका थिए । बेपत्ता भएको अघिल्लो दिन बैंक खातामा आएको रुपैयाँ झिकेपछि उनी सम्पर्कविहीन भएको पारिवारिक स्रोतले बताएको छ । महतले बैंकको एटिएमबाट पैसा झिकेको सिसिटिभी फुटेजमा देखिएको छ ।

परिवारको एक मात्र छोरा हराएपछि वृद्ध बाबुआमा भावविह्वल बनेका छन् । पैसाको लागि छोराको अपहरण भएको भए हालसम्म कसैको पनि फिरौतीका लागि फोन नआएको उनीहरुले बताएका छन् । छोरा बेपत्ता भएको यत्रो दिन बितीसक्दासमेत प्रहरीले भेटाउन नसकेकोमा महतका परिवार झनै चिन्तित बनेका छन् । छोरा बेपत्ता भएपछि महतको मोबाइल ट्रयाक गर्दा बुटवलको सैनामैना नगरपालिकामा गएर मोबाइल स्वीच अफ भएको पाइएको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता छोराको खबर दिनेलाई उचित पुरस्कार दिइने बताउँदै अन्टी आशा शाहीले ९८४८०२०९४५ मा सम्पर्क गरिदिन आग्रह गरेकी छिन् ।

Womui
Womui