राप्तीसोनारीमा दुई दिन बिदा

40

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । थारु बाहुल्यता रहेको गाउँपालिकामा थारु जातिको महान पर्व अतवारीको अवसरमा उक्त बिदा दिइएको हो ।
भाद्र २७ र २८ गते दुई दिन स्थानीय विदा दिने निर्णय गरिएको गाउँपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख छ । सुचनामा दुई दिन गाउँपालिकाको कार्यालय, विषयगत शाखा, उपशाखा तथा वडा कार्यालयहरु बन्द रहने छन् ।

Womui
Womui