साक्षरता दिवसः मंसिरसम्म नरैनापुर साक्षर बनाइने, विद्यालय, शिक्षक र कर्मचारी पुरस्कृत

50

नेपालगन्ज– नरैनापुरमा ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी भव्यतासाथ मनाइएको छ । दिवसका अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक र कर्मचारीलाई पुस्कृत गरिएको छ भने आउँदो मंसिरसम्म पालिकालाई साक्षर पालिका घोषणा गर्ने गरी साक्षर अभियान प्रारम्भ गरिएको हो ।

नरैनापुर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो । शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा नरैनापुरका ४ उत्कृष्ट विद्यालय श्री जय किसान मावि भोजपुर, मावि त नेराआवि जमुनी, प्रावि तह नमुना प्रावि मोतीपुर, मदरसा सोनवर्षा गरी चारवटा उत्कृष्ट विद्यालय पुरस्कृत गरिएको छ । उत्कृष्ट विद्यालयलाई जनही २० हजार र प्रमाण पत्र वितरण गरिएको छ ।

त्यस्तै प्रोत्साहन गर्ने उद्देश्यले प्रधानाध्यापक, उत्कृष्ट शिक्षक र उत्कृष्ट कर्मचारीलाई समेत पुरस्कृत गरिएको छ । १६ जना प्रअ, शिक्षक र कर्मचारीलाई जनही ५ हजार रुपैयाँ र प्रमाण पत्र वितरण गरिएको हो ।

पालिकालाई साक्षर पालिका घोषणा गर्ने अभियान अन्तर्गत हरेक विद्यालयले प्रत्येक कार्य क्षेत्रमा निरक्षर व्यक्तिलाई साक्षर बनाउने जिम्मेवारी पाएको छ । कार्य क्षेत्रका साक्षर तथा जानकारले १ जनालाई साक्षर बनाएबापत रु २ सय का दरले प्रोत्साहन शुल्क समेत उपलब्ध गाउने निर्णय गरिएको प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

गाउँपालिकाका कार्यबहाक अध्यक्ष मसुद अहमद शाह, विशिष्ट अतिथि जयकिसान माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वृजेन्द्र कुमार यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेत र शिक्षा शाखा प्रमुख थारुले उत्कृष्ट विद्यालय, शिक्षक तथा कर्मचारीलाई दोसल्ला ओढाएर प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कृत प्रअ, शिक्षक र कर्मचारीको नामावली

Womui
Womui