२.५ प्रतिशत ब्याजमा १ लाख रुपैयाँः भदौ मसान्तसम्म आवेदन दिन आह्वान

261

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले युवालाई २.५ प्रतिशत ब्याजदरमा १ लाख रुपैयाँ दिने भएको छ । वडा कार्यालयले युवा स्वरोजगार तथा ऋण सहुलियत कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुलाई उक्त ब्याजदरमा एक लाख रुपैयाँसम्म उपलब्ध गराउन लागेको हो ।

वडा समितिको बैठकको निर्णय अनुसार ऋण लिएका युवाहरुले वार्षिक २.५ प्रतिशतका दरले ब्याज स्वयम्ले बुझाउनु पर्ने छ भने बाँकी ब्याज वडा कार्यालयले व्यहोर्ने छ । केही व्यवसाय गरी स्वरोजगार बन्न चाहने युवाले उक्त ऋण लिनका लागि भदौ मसान्तसम्ममा वडा कार्यालयमा आवेदन दिइसक्नु पर्ने वडा नम्बर २ का वडा अध्यक्ष मदन कुमारी ओलीले जानकारी दिए । वडा कार्यालयले एक सूचना निकालेर युवाहरुलाई आवेदन दिन आह्वान गरेको छ ।

Womui
Womui