भन्सार छलीका सामान बेवारिसे अवस्थामा बरामद

140

नेपालगन्ज– भारतबाट भन्सार छलेर ल्याएको विभिनन्न सामान जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको छ । उक्त सामान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयपुरमा बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएको सामानमा लत्ताकपडा, मोटरसाइकलको पार्टपुर्जालगायतका सामान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आवश्यक कारबाहीकालागि भन्सार कार्यालय नेपालगन्ज पठाइएको सामानको मूल्य एक लाख अड्चालीस हजार ६ सय नब्बे रुपैयाँ बराबरको रहेको बताइएको छ । 
Womui
Womui