अध्यक्ष चौधरीलाई पितृ शोक, बिहीबार दाहसंस्कार गरिने

152

नेपालगन्ज– बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी ‘पप्पु’का बुबा हरिनारायण चौधरीको निधन भएको छ । ८५ वर्षीय चौधरीलाई उपचारका लागि भारतको हरियाणा लैजाँदै गर्दा  बुधबार बेलुका ४:३० बजे निधन भएको हो ।

राजनीतिक रुपमा नेपाली कांग्रेसमा सक्रिय रहेका चौधरी लामो समयदेखि मुटु रोगबाट ग्रसित थिए । राजनीतिसँगसँगै सामाजिक सेवामा समेत अतुलनीय योगदान पुर्‍याएका चौधरीले डुडुवा गाउँपालिकाको भवन निर्माणका लागि जग्गादान पनि गरेका छन् । स्वर्गीय चौधरीको बिहीबार हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच राजनीतिज्ञ एवम् समाजसेवी चौधरीको निधनप्रति डुडुवा गाउँपालिकाले शोक व्यक्त गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले शोक वक्तव्य निकाल्दै डुडुवा गाउँपालिकाको भवन निर्माणका लागि जग्गादाताको रुपमा रहेका चौधरीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुग्नुका साथै असल, दानवीर तथा अग्रज अभिभावक गुमाएको जनाएका छन् । गाउँपालिका परिवार स्वर्गीय चौधरीलाई सधै सम्झिरहने उल्लेख गर्दै शोक वक्तव्यमा शोक सन्तप्त परिवारजनमा डुडुवा गाउँपालिका परिवार गहिरो समवेदना प्रकट गर्नुका साथै मृतात्माको बैकुण्ठमा बास होस् भनी हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

Womui
Womui