सातौं दिनमा खुल्यो मेडिकल कलेजको ताला

48

नेपालगन्ज– विगत लामो समयदेखि तलब भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका मेडिकल कलेजका कर्मचारीले कलेजमा लगाएको ताला खोलेका छन् । आन्दोलनमा उत्रिएको सातौं दिनमा व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने भन्दै लिखित सहमति भएपछि उनीहरुले ताला खोलेका हुन् ।

शुक्रबार व्यवस्थापन पक्षको तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिडेटका उपनिर्देशक श्याम कुमार शर्मा र आन्दोलित कर्मचारीहरुका तर्फबाट मुनिर खान, अशोक कुमार दिक्षित र विजय कुमार त्रिपाठीले उक्त लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमतिमा बैशाख महिनाको तलब साउन १० गते भित्र, जेठ महिनाको तलब साउन २० गतेभित्र र असार महिनाको तलब भदौ ७ गते भित्र उपलब्ध गराउने साथै फरक तलब, बीमा, सामाजिक सुरक्षा कोष बापतको रकम साउन मसान्तसम्म दिने र उपदानबापतको रकम असोज महिनासम्म प्रत्येक कर्मचारीको व्यक्तिगत खातामा राखिदिने भएको छ ।

त्यस्तै तेस्रो हटाइएका कर्मचारीहरुका बारेमा शनिबार बसेर छलफलका माध्यमबाट टुंगो लगाइने मुनिर खानले बताए ।

कलेजले तलब भत्ता समयमा उपलब्ध नगराएको भन्दै तीनवटा युनियनहरुले असार ९ गते व्यवस्थापन पक्षसँग ७ बुँदे मागपत्रमा ५१ बुँदे सहायक मागहरु राखेर आन्दोलन गरेका थिए ।

Womui
Womui