चटारमा डुबेर बेपत्ता भएका तीनको शव भेटियो

177

नेपालगन्ज– बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा बुधबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सबैको युवाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् ।

उनीहरुसँगै रहेका इरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेर ज्यान जोगाउन सफल भएको कोहलपुरका डिएसपी खनालले बताए । मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्ने उद्देश्यले नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्न गएका थिए ।

Womui
Womui