ब्राउन सुगर र स्रोत नखुलेको नगदसहित दुई पक्राउ

219

नेपालगन्ज–ग्राम १०० मिली ग्राम ब्राउन सुगर र स्रोत नखुलेको ५ लाख १५ हजार ५ सय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–११ ठटेरियन टोलबाट वडा प्रहरी कार्यालय नेपालगन्ज र लागु औषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका, सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ का ६१ वर्षीय गुन्नु कबडिया र सोही ठाउँ बस्ने १८ वर्षीय राहुल कबडिया रहेका छन् । लागु औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा पक्राउ परेका उनीहरुबाट २ थान मोबाइल समेत फेला पारेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

Womui
Womui