सूर्याद्वारा एकै दिन दुई मृत्यु बिमा भुक्तानी

149

नेपालगन्ज– सूर्या लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखाले एकैदिन दुई मृत्यु बिमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सर्वाधिक तथा जीवन बीमालेख नं. ५०१००२४६४ अन्तर्गत बिमित रमेश बहादुर बस्नेतको मृत्यु दाबी बापत प्राप्त हुने रकम ९ लाख ३३ हजार २ सय ७० रुपैयाँ भुक्तानी गरेको छ भने प्रमोद सिंहको निधन भएकोमा जीवन बिमालेख नं. ५०१००१०८९ अन्तर्गत बिमित मृत्यु दाबी बापत प्राप्त हुने ५ लाख ७२ हजार ३ सय ५७ रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीका शाखा प्रमुख दीपक प्याकुरेलले उक्त मृत्यु दाबी बापत प्राप्त हुने रकम मृतकका आफन्तलाई आइतबार भुक्तानी गरेका हुन् ।

Womui
Womui