१० दिन लम्बियो निषेधाज्ञा

54

नेपालन्ज– काठमाडौं उपत्यकासहित बाँकेमा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला र बाँकेमा भोलिदेखि १० गतेसम्मको लागि निषेधाज्ञा लम्बिएको हो ।

संक्रमण दर घट्दै गए पनि जोखिमको सम्भावना कायम नै रहेकाले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा अवधिमा औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै सयमा पनि सञ्चालन गर्न पाउनेछन् । त्यसबाहेकका पसलहरू बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन् । तर सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरूको पालना गर्नुपर्ने भनिएको छ ।

Womui
Womui