विपद् व्यवस्थापनमा अग्रसर राप्तीसोनारी

100

नेपागन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका विपद व्यस्थापनमा अग्रसर बनेको छ । हरेक वर्ष राप्ती नदीमा पानीको बहाव बढ्दा गाउँपालिकामा रहेका सयौं घरपरिवार विस्थापित हुने कुरालाई मध्यनजर गर्दै विपद् व्यवस्थापनमा सक्रियता साथ लागेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् ।

विपद्को बेला गाउँपालिकाले गरेको प्रयास मात्रै सम्भव नहुने भएकाले विपद् व्यवस्थापनमा सबैको सहयोग र समन्वयको खाँचो रहेको भन्दै अध्यक्ष थारुले सबैसँग समन्वय गरेर अघि बढ्ने बताए । अध्यक्ष थारुले गाउँपालिकालाई विपदको उच्च जोखिममा परेको क्षेत्र घोषणा गरी बाढीजन्य विपद प्रतिकार्यका लागि छुट्टै योजना बनाएर अघि बढ्नु पर्ने आवश्यकता रहेको औंल्याउँदै यस कार्यमा केन्द्र सरकारले तटबन्ध, घर निर्माणलगायत विभिन्न पक्षमा सहयोग गर्न माग गरेका छन् ।

त्यस्तै वर्षायाममा हुने डुबान एवम् कटानको समस्यालाई मध्यनजर गरेर जोखिमयुक्त स्थानको पहिचान गरी योजनासाथ अघि बढेको विपद् फोकल पर्सन वडा नम्बर ६ का वडा अध्यक्ष जनकबहादुर थारुले बताएका छन् भने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले राप्तीसोनारी गाँउपालिकाको विपद जोखिम प्रतिकार्य योजना अनुसार पालिकाले तयारी बढाउन निर्देशन दिँदै जोखिम न्युनीकरणका लागि जिल्ला विपद व्यवस्थापन समितिले पनि विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Womui
Womui