भेरी अस्पताललाई कन्सन्ट्रेटर सहयोग

62

नेपालगन्ज–नेपालगन्ज स्थित भेरी अस्पताललाई ३ थान ५ लिटरको कन्सेन्ट्रेटर र १५ थान पिपिई हस्तान्तरण गरिएको छ । नेप्लीज अमेरिकन च्याम्बर अफ कमर्श–डल्लास टिएक्स अविस्कार केन्द्र मार्फत पठाएको उक्त सामाग्री बासको समन्वयमा बिहीबार भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापालाई हस्तान्तरण गरिएको हो ।

सामाग्री ग्रहणपश्चात् प्रमुख थापाले सहयोगको समन्वय गर्ने बास र सहयोग गर्ने संस्थालाई धन्यबाद ज्ञापन गरेका थिए । सामाग्री हस्तान्तरण कार्यक्रममा बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, उपाध्यक्ष लुना बुढाथोकी, महासचिव शिवकुमार बर्मा, कार्यवाहक कोषाध्यक्ष दिला शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा, कार्यक्रम अधिकृत शुद्धप्रसाद चौधरी, सिएफए लोकबहादुर घर्तीको उपस्थिति रहेको थियो । बासले विभिन्न संघ संस्थाको समन्वय तथा सहकार्यमा यस अघि पनि भेरी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको थियो ।

Womui
Womui