नेपालगन्ज– नेपालगन्जस्थित कृषि ज्ञान केन्द्रबाट मोटरसाइकल चोरी भएको छ । मंगलबार साँझ ६ देखि साढे ६ बजेको समयमा १५० सीसीको टिडिएस अनटेस्ट पल्सर मोटरसाइकल चोरी भएको मोटरसाइकल धनी बलबहादुर सुनारले बताए ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ निवासी बलबहादुर काम विशेषले ज्ञान केन्द्र आएको अवस्थामा रातो/कालो रंगको मोटरसाइकल चोरी भएको हो । एक हप्ता अघि उक्त मोटरसाइकल खरिद गरेको बताउने बलबहादुरले छरछिमेकमा संकास्पद व्यक्तिले अनटेस्ट मोटरसाइकल चलाएको देखे नजिकको प्रहरी चौकीलाई वा ९८५८०८८९०२ मा सम्पर्क गरिदिन आग्रह गर्दै सूचना दिनेलाई उचित पुरस्कार दिने बताए ।