वन्यजन्तु पीडितलाई सहयोग

219

शमशेरगन्ज– बँदेलको आक्रमणमा परी गम्भीर घाइते भएका एक व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वन हेरालु हरिबहादुर ठाकुरलाई आर्थिक सहयोग गरिएको हो ।

राप्ती सोनारी गाउँपालिका ८ स्थित वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्रीले जनकल्याण सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी २ का वन हेरालु ठाकुरलाई मंगलबार २५ हजार रुपैयाँको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष खत्रीले घाइते ठाकुरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भने,‘ समन्वय समिति जहिले पनि संरक्षणकर्मी र सामुदायिक वनको पक्षमा रहेको छ ।’

आर्थिक सहयोग कार्यक्रममा सामुदायिक वनका अध्यक्ष दलबहादुर खत्री, समन्वय समितिका नारायण उपाध्याय, भीमबहादुर केसी, वनका कोषाध्यक्ष कैलाश जैसीलगायत पदाधिकारी, उपभोक्ताको उपस्थिति रहेको थियो ।

Womui
Womui