राप्तीसोनारीमा नदीबाट कटान हुने क्षेत्रको संयुक्त अनुगमन

131

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा नदीबाट कटान एवम् डुबान हुने क्षेत्रको अनुगमन एवम् समस्या समाधानका लागि त्यहाँ रहेका स्थानीयसँग अन्तर्किया गरिएको छ । गाउँपालिकामा पर्ने विभिन्न नदीबाट बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै नदीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि डुबान एवम् कटान हुने क्षेत्रको अनुगमन गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, राप्तीसोनारी सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, जिल्ला प्रहरी कार्यालयका एसपी ओमबहादुर राना, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीलगायत जनप्रतिनिधिको टोलीले उक्त क्षेत्रको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा नदीबाट कटान एवम् डुबानबाट पीडित स्थानीयसँग समस्या समाधानका लागि आवश्यक छलफल गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।

Womui
Womui