फातिमाद्वारा ३ लाख रुपैयाँ बराबरको साम्रगी सहयोग

180


नेपालगन्ज–फातिमा फाउण्डेसन नेपालले गैसस महासंघको सहयोगमा डिसिसिएमसीमार्फत् बुधबार स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ । फाउण्डेसनले डिसिसिएमसीमार्फत भेरी अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा ५५ थान पिपिई, ५० बोटल सेनिटाइजर र ८० प्याकेट मास्क रहेको छ ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका लागि १० थान पिपिई, १० बोटल सेनिटाइजर र १० प्याकेट मास्क गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहको उपस्थितिमा डिसिसिएमसीका प्रतिनिधि प्रशासकीय अधिकृत रामकुमार सोनखरलाई फातिमा फाउण्डेसनकी अध्यक्ष मैमुना सिद्दिकीलगायत संस्थाका प्रतिनिधिले हस्तान्तरण गरेका थिए ।
यसैगरी भेरी अस्पतालमा रहेको अन्जनी माता रसोईलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । यसरी गरिएको सहयोगमा २५० किलो चामल, ५० किलो दाल, १० पेटि पानी, १० लिटर तेल, ५० किलो नुन र २५ किलो सोयाविन रहेको छ । फाउण्डेसनका अध्यक्ष सिद्दिकीले स्वास्थ्य सामाग्री तथा खाद्यान्न गरी ३ लाख ४ हजार ८ सय ५० रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको बताइन् । यसैगरी फातिमा फाउण्डेसनले जेठ २० गते गरिब तथा विपन्न ४० घर परिवारलाई खाद्यान्न सहयोग गर्ने बताएको छ ।

Womui
Womui