भेरीका स्वास्थ्यकर्मी कुटपिटः छानबिन समितिले प्रतिवेदन बुझायो

164

नेपालगन्ज– बाँकेको भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेको घटनाबारे गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। घटनाको चार दिनपछि समितिले ३० पेजको प्रतिवेदन समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार बुझाएको हो।

गत जेठ १२ गते बेलुका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि आफन्त मानबहादुर रावत, भरत रावत र लोकराज रावतले डाक्टर तथा नर्समाथि कुटपिट र अस्पतालमा तोडफोड गरेका थिए । उनीहरूलाई पक्राउ गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ।

समितिले अस्पतालमा रहेको सिसी टिभी फुटेज, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी घटनाबारे प्रतिवेदन तयार पारेको अस्पताल विकास समिति सदस्यसमेत रहेका छानबिन समिति सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।

Womui
Womui