कोभिड–१९ सम्बन्धी निःशुल्क अनलाइन परामर्श

61

नेपालगन्ज–स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले कोभिड–१९ सम्बन्धी निःशुल्क अनलाइन परामर्श सेवा प्रदान गरेकोे छ । स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको आयोजना र मानसिक एवम् मनोसामाजिक सुस्वास्थ्य राष्ट्रिय अभियान, काठमाडौंको प्राविधिक सहयोगमा कोभिड–१९ सम्बन्धी निःशुल्क परामर्श सेवा प्रदान गरिएको हो ।
कोभिडका कारण घरमै बसिरहेका मानिसलाई मनोविमर्श सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मनोविद् गोपाल ढकालले कोभिड–१९ ले निम्त्याएको अहिलेको अवस्थामा तनाव कसरी व्यवस्थापन गर्ने, दैनिक जीवनलाई कसरी सहज रुपमा अगाडि बढाउनेलगायका विषयमा सहजीकरण गरेका थिए ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले उद्देश्य माथि प्रकाश पारेको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार नवराज पहाडीले स्वतन्त्र पत्रकार संघ नेपालको पृष्ठभूमि र गरिरहेका कामहरुको बारेमा जानकारी गराएका थिए । स्वतन्त्र पत्रकार संघका पदाधिकारी, सदस्यलगायत कार्यक्रममा ५० बढीको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीले कोभिडको संक्रमणका बीच भोगेका समस्या र समाधानको उपायका बारेमा प्रश्न गरेका थिए जसको जवाफ मनोविद् ढकालले दिएका थिए ।

Womui
Womui