कैलालीमा २० गतेसम्म लम्बियो निषेधाज्ञा

45

धनगढी–कैलालीमा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई लम्ब्याएर २० गतेसम्म तय गरिएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई जेठ २० गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा स्थानीय प्रशासनले जिल्लामा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको छ । अत्यावश्यक सामान ढुवानीका सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

जिल्लामा कुनै प्रकारका सभा, सम्मेलन, गोष्ठी गर्न पूर्ण रुपमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरेर बढीमा सात जनाको सहभागितामा विवाह, ब्रतबन्ध गर्न पाउने, धार्मिक तथा सांस्कृतिक गतिविधि भने गर्न पाइनेछ ।

Womui
Womui