कोरोना संक्रमणबाट राप्तीसोनारीका एक पुरुषको मृत्यु

67

नेपालगन्ज–  बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका-५ का २३ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । मृतकको वैशाख २२ गतेको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि  वैशाख २४ गतेदेखि भेरी  अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए । बाँकेका कोभिड फोकलपर्सन तेज ओलीका अनुसार स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको हो । योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका २८० जनाको मृत्यु भइसकेको छ भने जिल्ला बाहिरका २५६ जनाको बाँकेमा मृत्यु भएको छ ।

Womui
Womui