उपमहानगरपालिकालाई १० लाख रुपैयाँ सहयोग

306

नेपालगन्ज– आइसोलेसन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकालाई बासले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बालमन्दिरमा बनाउन लागेको आइसोलेसनका लागि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमसेर राणा र उपप्रमुख उमा थापा मगरलाई बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, महासचिव शिवकुमार बर्मा, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहराले दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले बालमन्दिरको जिर्णोद्वार गर्न रकमको अभाव भएपछि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले उपमहानगरपालिकालाई उक्त रकम सहयोग गरेको हो । सहयोग ग्रहण पश्चात बोल्दै नगर प्रमुख डा.राणाले रकम सहयोग गर्ने बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सलाई उत्कृष्ट कार्यका लागि धन्यबाद ज्ञापन गरे । प्राप्त रकमको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता गर्दै नगर प्रमुख राणाले जीर्ण अवस्थामा रहेको बाल मन्दिर निर्माण पश्चात् दिगो रूपमा बालबालिकाको हितमा प्रयोग हुने विश्वास व्यक्त गरे । बाल मन्दिर निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले पनि १० लाख रकम विनियोजन गरेको छ ।

Womui
Womui