रसोइ घरलाई अर्गानिक तरकारी

168

नेपालगन्ज–भेरी अस्पताल प्रागंणमा संचालित अञ्जनी माता रसोइ घरलाई सहयोगी हातहरुले सहयोग गरिरहेका छन् । सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न व्यक्ती, संस्था लगायतका निकायहरुले रसोई घरलाई चाहिने आवश्यक सामाग्री तथा ससामान खरिद गर्न नगद सहयोग गर्दै आएका छन् ।

रसोइ घरलाई आइतबार ताजा अर्गानिक तरकारी उपलब्ध गराइएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको संयोजनमा कृष्णा कृषक सहकारी संस्था र नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्रद्वारा हरियो फर्सी डेढ किव्न्टल र आलु ७० किलो रसोइका सञ्चालक जितेन्द्रसिंह ठाकुरलाई हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा कृषकहरु नेतराम मौर्य, अशोक मौर्य, विन्देश मौर्य, अभियन्ता विश्वजीत तिवारी, धर्मवीर कहारलगायतको सहभागिता रहेको थियो । रसोइ घरलाई चाहिने अर्गानिक हरियो तरकारी समेत सस्तो मूल्यमा उपलब्ध गराउने हिरिमिनियाका कृषकहरुले प्रतिबद्धता जनाएका छन् ।

Womui
Womui