उच्च बार एसोसिएसनको सहसचिवमा अमृता

53

नेपालगन्ज– नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको सहसचिवमा अधिवक्ता अमृता केसी मनोनयनमा परेकी छिन् । एसोसिएसनको आइतबार बसेको बैठकले अधिवक्ता केसीलाई सहसचिवमा मनोनयन गरेको हो ।

कार्यसमितिमा केसी मात्र महिला सदस्य रहेकी छिन् । विधान अनुरुप कार्यसमिति सदस्य केसीको संयोजकत्वमा ५ सदस्सीय महिला शाखा गठन गरी उनलाई सहसचिवमा मनोनयन गरिएको एशोसिएसनका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । केसीको संयोजकत्वमा गठन गरिएको महिला शाखा सदस्यमा सुनिता शर्मा, कुशुमा सुवेदी, देवीमाया खत्री र शान्ता पोख्रेल रहेका छन् ।

Womui
Womui