बेवारिसे अवस्थामा शव फेला, चिन्नु हुन्छ को हुन् ?

145

धनगढी– बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ। जिल्लास्थित भिमदत्त नगरपालिका वडा नम्बर १३ माहाकाली नदीको पश्चिम किनारमा शनिबार शव फेला परेको हो ।
अन्दाजी ४२ वर्षीय पुरुषको बेवारिसे र पहिचान हुन नसकेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अहिले मृतकको शव परीक्षणको लागी महाकाली अस्पतालमा राखिएकोएको प्रहरी जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकलाई देख्नु वा चिन्नु हुने व्यक्तिले प्रहरीमा सम्पर्क गरिदिन जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले अनुरोध गरेको छ।

Womui
Womui