रोक लगाइएको ठाउँमा हिँड्‍डुल गरे २ सय रुपैयाँ जरिवाना, ६ महिना कैद

143

काठमाडौं–कोभिड–१९ रोकथामका लागि सरकारले रोक लगाएको ठाउँमा हिँडडुल गरेको पाइए सुरक्षाकर्मीले पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लिन सक्ने भएको छ भने त्यस्ता व्यक्तिलाई ६ महिनासम्म कैद गर्न सकिने पनि व्यवस्था गरिएको छ । साथै जनस्वास्थ्यका मापदण्ड उल्लंघन अन्तर्गत मास्क नलगाई हिँडेको पाइए सुरक्षाकर्मीले हरेक पटक सय रुपैयाँका दरले जरिवाना लिन सक्ने छन् । सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएपछि यी व्यवस्था गरेको हो ।

‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने जनाएको छ।

स्वास्थ्य आपतकाल घोषणा भएको अवस्थामा स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचारमा खटाउने र आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न सकिने छ।

Womui
Womui