स्वतन्त्र पत्रकार संघ बाँकेद्वारा क्यालेन्डर प्रकाशन

161

नेपालगन्ज–स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले नयाँ वर्ष २०७८ सालको वार्षिक क्यालेन्डर प्रकाशन गरेको छ । ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु’ मूल नारा राखेर प्रकाशन गरिएको क्यालेन्डरको स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षदद्वय वरिष्ठ पत्रकार निरज गौतम र कमल बिके निर्मोहीले विमोचन गरेका थिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद वरिष्ठ पत्रकार निरज गौतमले अन्य पत्रकारको तुलनामा फरक पहिचान बनाउन सफल स्वतन्त्र पत्रकार संघले कोभिडको संक्रमणका बीच क्यालेन्डर प्रकाशन गर्नु उपलब्धिपूर्ण रहेको बताए । उनले संघले मिठा कामहरु गरेर सामाजिक उत्तरदायित्व पूरा गरिरहेको खुसी लागेको बताए ।
यसैगरी राष्ट्रिय पार्षद वरिष्ठ पत्रकार कमल बिके निर्मोहीले स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले भित्ते पात्रो प्रकाशन गरेकोमा शाखालाई बधाई दिएका थिए ।

Womui
Womui