राप्तीसोनारीका ६३ जनाको एन्टीजेन परीक्षणमा ८ संक्रमित

170
फाइल तस्बिर ।

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा ६३ जनाको एन्टीजेन परीक्षण गरिएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो समस्या भएकालाई गरिएको परीक्षणमा ८ जना संक्रमित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिएका छन् ।

वडा नम्बर २ र वडा नम्बर ४ का ६३ सम्भावित व्यक्तिलाई मंगलबार एन्टीजेन परीक्षण गरिएको थियो ।  योसँगै राप्तीसोनारी गाउँपालिकामा हाल कोरोनाबाट संक्रमित हुनेको संख्या २०३ रहेको प्रमुख शर्माले जानकारी दिए ।

फाइल तस्बिर ।

यस्तै राप्ती सोनारी गाउँपालिकामा हाल १२१ जना पुरुष र ८२ जना महिला सहित २०३ जना सक्रिय संक्रमित रहेको प्रमुख शर्माले बताए । संक्रमितमध्ये वडा नम्बर २ स्थित कचनापुरमा रहेको लक्ष्मी बहुमुखी क्याम्पस छात्रावासमा निर्मित आइसोलेसनमा ३ जना र वडा नम्बर ३ स्थित सेल्टर भवनमा रहेको आइसोलेसनमा ५ जना संक्रमितको उपचार भइरहेको छ भने १२३ जना होम आइसोलेसनमा रहेका छन् ।

गाउँपालिकाले गत वैशाख २७ गतेदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको थियो । कोरोना भाइरस गाउँस्तरमा नफैलियोस् भन्ने उद्देश्यले एन्टीजेन परीक्षणको सुरुवात गरिएको हो । कोरोना भाइरससँग मिल्दोजुल्दो ज्वरो आउने,  टाउको दुख्ने रुघा लाग्ने जस्ता लक्षण देखिएका गाउँपालिका अन्तर्गतका सबै बिरामीको एन्टीजेन परीक्षण निःशुल्क रुपले गरिँदै आएको प्रमुख शर्माले बताए ।

Womui
Womui