सतीभवानी मन्दिर

247

राप्तीसोनारी–१ स्थित भवानीयापुर गाउँमा यो मन्दिर रहेको छ । यो गाईलेक सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत पर्दछ । पूर्वपश्चिम राजमार्गदेखि १.२ किलोमिटर दूरीमा अवस्थित छ । यो मन्दिर वि.सं. २०१५ सालमा निर्माण भएको थियो । मन्दिरको जग्गा १० बिगाहा रहेको छ । एक तला रहेको मन्दिरमा सती भवानीका मूर्तिहरू रहेका छन् । यसका तीनवटा ढोका र एक झ्याल रहेको छ । यहाँ चैते दसैँको सप्तमीमा एक दिन मेला लाग्दछ ।

यहाँ बडा दसैँको नवरात्रि विशेष गरी मनाइन्छ । नवदुर्गाको दिन बलि दिने प्रचलन छ । गाउँदेखि पूर्व दिशामा रहेको यो मन्दिर सानो उच्च टाकुरोमा अवस्थित छ । यो मन्दिरलाई पूर्वबाट बग्ने राप्ती नदी र दक्षिणबाट बग्ने ढोलिया खोलाले सी आकारमा घेरेको छ । यहाँ दैनिक सतीदेवीको पूजाआजा गरिन्छ । राप्तीसोनारीमा पर्यटकीय क्षेत्रका रूपमा सतीभवानी मन्दिरजस्तै अन्य सिद्धेश्वरी मन्दिर खोकरी, देवी मन्दिर सिक्टा प्रेमनगर, हनुमान मन्दिर कुसुम बैरिया, स्वर्गद्वारी मन्दिर भौवानाका हुन् । यस्तै रानीगजेरी सिमसार क्षेत्र, राप्ती नदीमा पराकालदेखि चल्दै आएका परम्परागत काठमा डुंगा र दुई वटा झोलुङ्गे पुलसमेत आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक केन्द्र हुन् ।

Womui
Womui