भेरी अस्पतालमा स्वास्थ्य हेल्प डेस्क सञ्चालन

26

नेपालगन्ज–नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्य सहायता कक्ष उद्घाटन भएको छ । कोभिड १९ का बिरामीहरुको सहयोगार्थNepalese American Chamber Of Commerce-Dallas TX / Texas Nepalese Medical Association को सहयोग, डिसिसिएमसि बाँके र भेरी अस्पतालको समन्वय तथा बास नेपालको व्यवस्थापनमा सो स्वास्थ्य डेस्क सञ्चालन गरिएको हो ।

Womui

भेरी अस्पतालको आकस्मिक कक्ष अगाडि स्थापना गरिएको स्वास्थ्य डेस्कको आइतबार एक कार्यक्रमका बिच भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल र भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले उद्घाटन गरेका छन् । स्वास्थ्य डेस्कको उद्घाटन भएसँगै आज बाट नै डेस्कबाट सेवा प्रारम्भ गरिएको छ । कोभिडका बिरामीहरुलाई सहयोग गर्ने उद्धेश्यले सञ्चालन गरिएको डेस्कबाट कोभिडका बारेमा जानकारीहरु प्रदान गर्ने, बिरामी र अस्पतालका बिचमा आवश्यक समन्वय गर्ने, बिरामिहरुलाई भर्ना तथा अन्य सहयोगमा समन्वय गर्ने, औषधि तथा अन्य चेकजाँचमा समन्वय गर्ने लगायतका कामहरु गर्ने लगायतका सेवा प्रदान गर्नेछ । यसरी सञ्चालन गरिएको डेस्कमा बासले एक जना हेल्थ असिष्टेन्ट र एक जना अनमी गरी दुई जना कर्मचारी नियुक्त गरेको छ ।

स्वास्थ्य डेस्क उद्घाटन कार्यक्रममा भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल, भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापा, भेरी अस्पतालका कोभिड फोकल पर्सन डा. संकेत रिसाल, जिल्ला विपत व्यवस्थापन केन्द्रका सुचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवाली, बासका कार्यकारी निर्देशक नमस्कार शाह, बासका निर्वतमान अध्यक्ष मन भण्डारी, महासचिब शिव कुमार बर्मा, निर्देशक हेमराज भट्ट, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Womui
Womui