भेरी अस्पताललाई ९० हजार नगद सहयोग

48
फाइल तस्बिर

भेरी अस्पताल विकास समितिलाई कोभिड नियन्त्रणका लागि ९० हजार नगद सहयोग हस्तान्तरण गरिएको छ । कोभिड १९ का बिरामीहरुका लागि अक्सिजन खरिद गर्ने उद्देश्यले Nepalese American Chamber Of Commerce-Dallas TX / Texas Nepalese Medical Association को सहयोगमा बास नेपाल नेपालगन्जले सो रकम हस्तान्तरण गरेको हो ।

भेरी अस्पतालमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल, भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापालाई बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्वतमान अध्यक्ष मन भण्डारी र निर्देशक हेमराज भट्टले ९० हजारको चेक हस्तान्तरण गरेका हुन् । चेक ग्रहण पश्चात बोल्दै अस्पताल विकास समितिका अध्यक्ष धितालले महामारिका बेला भएको सहयोगले अस्पताललाई काम गर्ने उर्जा थपेको बताए । भेरी अस्पतालमा आउने कुनै पनि विरामी वेडकको अभावमा फर्किनु नपर्ने गरी काम गरिरहेको बताए । उनले भोलिका दिनमा आउने जोखिमका लागि समेत अस्पताल तयारीमा रहेको भन्दै कोभिडको पहिलो चरण र अहिले दोश्रो चरणमा बासले गरेको सहयोगले निकै सहयोग पुगेको बताए । कार्यक्रममा बोल्दै भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले अहिले कोभिडको जटिल अवस्थामा बासले गरेको सहयोग र सहकार्यका लागि धन्यबाद ज्ञापन गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले अस्पताललाई आइपर्ने सहयोगमा बासले सक्दो सहयोग गर्ने बताएका थिए ।

Womui
Womui