आइसोलेसन निर्माणका लागि सहयोगको अपिल

68
आइसोलेसन निर्माण गरिँदै ।

शमशेरगन्ज– कोरोना संक्रमित बढेसँगै बाँकेको राप्तीसोनारी गाउँपालिकाको एक सामुदायिक वन उपभोक्ता समूहले आइसोलेसन निर्माण गर्न थालेको छ । नम्बर ५ मा रहेको सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समूहले ५ शैय्‍याको आइसोलेसन निर्माण गर्न थालेको हो ।

वडा नम्बर ५ मा रहेका कोरोना संक्रमितको सहजै उपचार होस् भन्ने उद्देश्यले समूहले आफ्नै भवनमा आइसोलेसन निर्माण गर्न थालेको एक सूचना निकालेर जानकारी गराएको छ । उक्त आइसोलेसन निर्माण गर्न चाहिले आवश्यक सामग्री तथा रकमका लागि समूहले देश विदेश एवम् स्वदेशमा रहेका नागरिकलाई सूचना निकालेर अपिल गरेको हो । समूहका अध्यक्ष सविन पुगमगरद्वारा हस्ताक्षरित अपिलमा खातामा पनि रकम पठाउन सकिने बताइएको छ । गोर्खाज फाइनान्स लिमिटेडको खाता नम्बर ०२१०१४०००९१२३१०००००१ मा इच्छ्याएको रकम दाताले जम्मा गर्न सकिने अध्यक्ष मगरले बताए ।

Womui
Womui