२८ थपिएसँगै राप्तीसोनारीमा १९२ संक्रमित

198

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा २८ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १६२ जना पुगेको छ । कोरोना भाइरसको लक्षण देखिएका वडा नम्बर १ र ३ का ३७ व्यक्तिको शुक्रबार एन्टीजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिएका छन् ।

शुक्रबार दिउँसो ३ बजेसम्म १६४ संक्रमित रहेकोमा साँझ ५ बजे गरिएको परीक्षणबाट २८ थपिएसँगै १९२ जनामा संक्रमण पुष्टि भएको हो । प्रमुख शर्माका अनुसार संक्रमितमध्ये गाउँपालिकाद्वारा निर्मित आइसोलेसनमा ६ जना संक्रमित रहेका छन् भने अन्य होम आइसोलेसनमा बसेको उनले जानकारी दिए ।

गाउँपालिकाले गत वैशाख २७ गतेदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको थियो । कोरोना भाइरस गाउँस्तरमा नफैलियोस् भन्ने उद्देश्यले एन्टीजेन परीक्षणको सुरुवात गरिएको हो । कोरोना भाइरससँग मिल्दोजुल्दो ज्वरो आउने,  टाउको दुख्ने रुघा लाग्ने जस्ता लक्षण देखिएका गाउँपालिका अन्तर्गतका सबै बिरामीको एन्टीजेन परीक्षण निःशुल्क रुपले गरिने गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । अध्यक्ष थारुले कोरोना भाइरसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सरकारद्वारा जारी निर्देशनलाई पालना गर्न गाउँपालिकावासीमा आग्रह गरेका छन् । कोरोना भाइरस कुनै एकको गल्तीले गर्दा गाउँस्तरमा फैल्न सक्ने कुरालाई मध्यनजर गर्दै यस विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड पालना गर्दै जनजीवन निर्वाह गर्न गाउँपालिकावासीलाई सुझाएका छन् ।

अध्यक्ष थारुले यति गर्दा गर्दै पनि कोरोना भाइरसको संक्रमण भयो वा लक्षण देखिए आफूलगायत प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीलाई तुरुन्त खबर गर्न आग्रह गरेका छन् ।

Womui
Womui