राप्तीसोनारीमा एकै दिन थपिए ३४ संक्रमित

134
फाइल तस्बिर

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा एकै दिन ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका ६७ जना बिरामीको एन्टीजेन परीक्षणमा ३४ जनालाई पोजेटिभ देखाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले  बताए ।

Womui

शर्माका अनुसार गाउँपालिका अन्तर्गत वडा नम्बर वडा २ मा ११ लाई परीक्षण गरिएकोमा ४ जना, वडा नम्बर  ५ मा ५ जनालाई परीक्षण गरिएकोमा ५ जना नेगेटिभ  र वडा ६ र ७ मा ४२ जनालाई परीक्षण गरिएकोमा २१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।  त्यस्तै भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर रिपोर्टमा ९ जनालाई पोजेटिभ देखिएको  छ ।

योसँगै राप्तीसोनारीमा अहिले १५२ जना संक्रमित रहेका छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले आइसोलेसनमा र होम आइसोलेसनमा रहेको प्रमुख शर्माले जानकारी दिए ।

गाउँपालिकाले सोमबारदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको थियो । कोरोना भाइरस गाउँस्तरमा नफैलियोस् भन्ने उद्देश्यले एन्टीजेन परीक्षणको सुरुवात गरिएको हो । कोरोना भाइरससँग मिल्दोजुल्दो ज्वरो आउने,  टाउको दुख्ने रुघा लाग्ने जस्ता लक्षण देखिएका गाउँपालिका अन्तर्गतका सबै बिरामीको एन्टीजेन परीक्षण निःशुल्क रुपले गरिने गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Womui
Womui