५० हजार रुपैयाँमा रेम्डिसिभर बेच्ने दुई पक्राउ

160

नेपालगन्ज– ५० हजार रुपैयाँमा रेम्डिसिभर इन्जेक्सन बिक्री गरेको आरोपमा वडा प्रहरी कार्यालयबाट खटेको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज वडा नम्बर ८ का २३ वर्षीय मो. जाबेद अन्सारी र नेपालगन्ज वडा नम्बर ११ का २५ वर्षीय हारुन अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक सुवाश खड्काले जानकारी दिएका छन् ।

साढे ५ हजार रुपैयाँसम्म बिक्री हुने सो रेम्डिसिभर कालोबजारी गरी २५ हजार रुपैयाँ प्रति भाइल बिक्री गरेको उजुरी परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Womui
Womui