अवैध रुपमा बग्दैला घाट उत्खननमा संलग्न ७ गाडी नियन्त्रणमा

397

नेपालगन्ज–कोरोना महामारीले निम्त्याएको निषेधाज्ञाको मौका छोपी अवैध रुपमा नदी उत्खनन कार्यमा संलग्न ७ गाडीलाई गाउँपालिकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।   बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ र ४ को क्षेत्रमा पर्ने बग्दैला घाटमा उत्खनन गरिरहेका ३ ट्याक्टर, २ टिप्पर, एउटा जेभिसी र एउटा स्काभेटर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बैजापुरलाई बुझाइएको हो ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीको संयोजकत्वमा खोला अनुगमनमा पुगेको टोलीले भे१त ४७९१ ढुंगासहितको ट्याक्टर, भे१त ९३३३ ग्राविलसहितको ट्याक्टर र भे२त ४७ ग्राविलसहितको ट्याक्टर नियन्त्रणमा लिएको गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले जानकारी दिइन् । उनका अनुसार ग्राविल र ढुंगासहित अवैध रुपमा उत्खनन गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

त्यस्तै नदीजन्य पर्दाथ लैजाने उद्देश्यले राखिएका रा१ख २०४७ र रा१ख १८८३ को टिप्परलाई पनि नियन्त्रणमा लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए । प्रमुख शाहीका अनुसार  नम्बर नखुलेको एउटा स्काभेटर र नम्बर नखुलेकै एउटा जेसिभीलाई पनि नियन्त्रणमा लिइएको छ ।

अनुदिप विल्डर्सले ४० लाख रुपैयाँको राजस्व बुझाएर निश्चित मात्रामा नदीजन्य पदार्थ उठाउने सम्झौता विपरीत धेरै नदीजन्य पदार्थ उत्खनन गरेको वडा नम्बर २ का वडा अध्यक्ष मदनकुमार ओली बताउँछन् । सम्झौता विपरीत के कति नदीजन्य पदार्थ ठेकेदार कम्पनीले उठाए भन्ने कुराको प्रतिवेदन बुझाउने जिम्मा पाएका वडा नम्बर २ का वडा अध्यक्ष मदनकुमार ओली गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको संयोजकत्वमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, लेखा अधिकृत गौरबकुमार लामिछाने, इलाका प्रहरी कार्यालय बैजापुरको संयुक्त अनुगमन टोलीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको फेला पारेका थिए ।

बग्दैला घाटमा अनुदिप विल्डर्सले ठेक्का सम्झौता गरे पनि अन्य दुई ठेकेदार कम्पनीले पनि त्यहाँबाट नदीजन्य पदार्थ उत्खनन गरेको बताउँदै वडाअध्यक्ष ओलीले सम्झौता विपरीत उठेका नदीजन्य पदार्थको रकम असुल गरी गाउँपालिकाको राजस्वमा नबुझाएसम्म नियन्त्रणमा लिइएका गाडीलाई नछोड्न माग गरेका छन् ।

गाउँपालिकाले वैशाख ९ गते नै ठेकेदार कम्पनीलाई नदीजन्य पदार्थ उत्खननका लागि समयावधि सकिएको परिपत्र गरे पनि अटेरी गरी बग्दैला घाटमा अवैध रुपमा उत्खनन कार्य भइरहेको छ ।

Womui
Womui